शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मधेस प्रदेश
  • पक्राउ परेका जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित

पक्राउ परेका जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित

  • शुक्रबार, जेष्ठ ३१, २०८२
पक्राउ परेका जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित

जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसको मधेश प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद निलम्बन भएको हाउसलाई जानकारी गराएका हुन् ।

मधेश सरकारबाट अघोषित रुपमा प्राप्त संसदीय विकास कोषको योजनाको उपभोक्ता समिति गठनको नाममा अनियमितता गरेको आरोपमा कुशवाहालाई बिहीबार काठमाडौंको अनामनगरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको थियो ।

गत जेठ १२ गते उनको घरमा छापामारी गर्दै अख्तियारको टोलिले उनका स्वकीय सचिव विनोदलाल कर्णलाई नियन्त्रणमा लिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार