
बाजुरा २१ जेठ– बडीमालिका नगरपालिकाको आयोजनामा मार्तडी, बाजुरामा आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ।
“आधारभूत तथा माध्यमिक IT स्रोत शिक्षकहरूका लागि ICT सम्बन्धी क्षमता विकास तालिम भन्ने नारा सहित सुरु गरिएको तालिम जेठ १८ गते देखि २१ गतेसम्म सञ्चालन हाे । तालिमको उद्देश्य सूचना तथा सञ्चार प्रविधिमा शिक्षकहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनु रहेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए ।
तालिम बडीमालिका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिममा नगरपालिका भित्रका विभिन्न विद्यालयबाट आएका स्रोत व्यक्ति तथा आईटी शिक्षकहरूको सहभागिता रहेको थियाे । तालिमले विशेषगरी विद्यालयमा प्रयोग हुने ICT उपकरण, सफ्टवेयर प्रयोग, डिजिटल कक्षा व्यवस्थापन, अनलाइन सिकाइका माध्यमहरू निर्माण जस्ता विषयहरू समेटिएका बडिमालिका नगर पालिका शिक्षा शाखा प्रमुख रंगमल बिकले बताए ।
बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काका अनुसार, डिजिटल युगमा शिक्षकहरूले प्रविधिको भरपूर उपयोग गर्न सकून् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिम सफलतापूर्वक सम्पन्न भएमा आगामी दिनहरूमा अझ विस्तारित रूपमा ICT तालिम सञ्चालन गरिने समेत खड्काले बताए ।
स्थानीय शिक्षक तथा सहभागीहरूले तालिमप्रति उत्साह प्रकट गर्दै यस्तो तालिमले उनीहरूको पेशागत क्षमतामा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका बडिमालिका नगरपालिका ३ नम्वर वडाका अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक डम्मर महतले बताए ।
सामाजिक बिकास समिति संयाेजक डम्मर महत्तकाे अध्यक्षमा संचालन भएकाे समापन कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख अमर खड्का अतिथिहरू उपप्रमुख नन्दा कुमारी थापा पत्रकार महासघका अध्यक्ष पदम बहादुर सिंह लगाएत सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।
