शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही

बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही

  • मङ्लबार, जेष्ठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही

काठमाडौँ– सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन् ।

‘बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,’ उनले भने,’अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’

चर्चामा

सम्बन्धित समाचार