शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिन्छ : गृहमन्त्री लेखक

कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिन्छ : गृहमन्त्री लेखक

  • शनिबार, जेष्ठ ११, २०८२
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिन्छ : गृहमन्त्री लेखक

काठमाडौँ — गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले कांग्रेसका नेता–कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरिरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यो गुनासो उचित रहेको बताए ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र त्यसका लागि लागिपरेको उल्लेख गरे । हाल आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको संयुक्त सरकार बनाउने विषयमा केही जटिलता रहेको पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘मधेश प्रदेशको सरकार पनि हामीले पालो–पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेश प्रदेशको सरकार पनि पालो–पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा गर्नुभएको छ । यो विषयलाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यसको समाधानका लागि हामी लागिपरेका छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा प्रतिस्पर्धी पार्टीबीच संयुक्त रूपमा सरकार सञ्चालन गर्दा केही समस्या र जटिलता उत्पन्न हुने गर्छन् ।’

कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार