शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढीगंगामा माटो परिक्षण घुम्ती शिविर संचालन

बाजुराको बुढीगंगामा माटो परिक्षण घुम्ती शिविर संचालन

  • बुधबार, जेष्ठ ८, २०८२
बाजुराको बुढीगंगामा माटो परिक्षण घुम्ती शिविर संचालन

बाजुरा—जिल्लाको बुढीगंगा नगरपालिकामा माटो परिक्षण घुम्ती शिविर संचालन भएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको प्राविधिक सहयोग तथा बुढीगंगा नगरपालिकाको आयोजनामा सो शिविरको आयोजना गरिएको हो ।

बुढीगंगा नगरपालिका भित्र रहेका कृषकहरुको माटोको प्रकार कुन प्रजातीको खेती लगाउन मिल्छ भन्ने उदेस्य सहित उत्पादनमा जोड दिने उदेश्यका साथ माटो परिक्षण घुम्ती शिविर संचालन गरिएको हो । बुढीगंगा नगरपालिकाको फालाशैन, ताँप्रीशेरा र बेतालमाण्डौ लगायतका ठाउँमा माटो परिक्षण घुम्ती शिविर संचालन गरिने बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन् ।

बुधबार एक कार्यक्रमका बिच माटो परिक्षण घुम्ती शिविर संचालन गरिएको छ । बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाको अध्यक्षतामा संचालन भएको सो शिविर फालासैनमा संचालन गरिएको नगरपालिकाले जनाएको छ । सो शिविर ३ दिन सम्म बिभिन्न ठाउँमा संचालन गरिने नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार