• होमपेज
  • समाचार
  • शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

  • बुधबार, जेष्ठ ८, २०८२
शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो । समितिका सबै बैठक सिंहदरबारमा बस्नेछन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्नेछ । बैठकमा दुईवटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक–२०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने तयारी छ । बैठक बिहान ११ बजे बस्नेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार