शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक जेठ १ गते हुने

नेकपा एमाले बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक जेठ १ गते हुने

  • बिहिबार, बैशाख २५, २०८२
नेकपा एमाले बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक जेठ १ गते हुने

बाजुरा– नेकपा (एमाले) बाजुराले जेठ १ गते बस्ने गरी जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको भएको छ । नेपाल कम्युनिष्ट पाटी (एमाले) बाजुराले पहिलो पटक प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको हो ।

पार्टी कार्यालय बाजुरामा बसेको सचिवालय बैठकले निर्णय गरि प्रतिनिधि परिषद बैठक आयोजना गरिने भएको नेकपा एमाले बाजुराका सचिव काशी विकले बताए ।

नेकपा एमालेको आठौँ जिल्ला अधिबेशनका प्रतिनिधीहरुको सहभागीतामा भब्य रुपमा कार्यक्रम गरिने सचिव बिकले बताए । यस अघि बाजुरा जिल्लामा प्रतिनिधी परिषद बैठक नभएकोले एमाले बाजुराको यो ऐतिहासिक बैठकको रुपमा रहेको सचिव विकले बताए ।

बैठकमा राजनितीक प्रतिबेदन सांगाठनीक प्रतिबेदन, आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै बिभिन्न बिषयमा छलफल हुने गरि कार्यक्रम तय गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।
May be an image of text

 

चर्चामा

सम्बन्धित समाचार