शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ७ मा पशु स्वास्थ्य शिविर ३५ सय पशु चौपायाको उपचार

बडीमालिका ७ मा पशु स्वास्थ्य शिविर ३५ सय पशु चौपायाको उपचार

  • बिहिबार, बैशाख २५, २०८२
बडीमालिका ७ मा पशु स्वास्थ्य शिविर ३५ सय पशु चौपायाको उपचार

बाजुरा– बडीमालिका नगरपालिका–७ ढम्कनेमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बडीमालिका नगरपालिका वडा न ७ को समन्वयमा शिबिर सम्पन्न भएको हो ।
May be an image of 3 people, tree and grass

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराको सहयोगमा निशुल्क पशु स्वास्थ्य शिविर उपलब्धि मुलक रहेको बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
May be an image of 8 people

एक दिने शिविरबाट ३ हजार ५ सय भन्दा बढी पशुचौपायाको स्वास्थ्य परिक्षण लगायत औषधी बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराका प्रमुख सिद्धराज जोशीले बताएका छन । शिबिरबाट १ सय ५० परिवार किशान लाभान्भीत भएको वडा कार्यालयले जनाएको छ ।
May be an image of 5 people and text

चर्चामा

सम्बन्धित समाचार