
बाजुरा जिल्ला, सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा आज औपचारिक रूपमा ब्लड बैंकको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का ज्यू, को प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहले जिल्लामा स्वास्थ्य सेवा प्रवाहको नयाँ युगको थालनी भएको छ
दुर्गम पहाडी जिल्ला बाजुरा, जहाँ रगतको अभावका कारण वर्षौंदेखि स्वास्थ्य सेवामा ठूलो चुनौती रहँदै आएको थियो, त्यहाँ अबदेखि ब्लड बैंक सञ्चालनमा आउनु स्वयंमा एक ऐतिहासिक उपलब्धि हो। यो संरचना स्थापनामा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला बाजुरा को अग्रणी नेतृत्व, दीर्घकालीन परिकल्पना, र अविचल प्रयास निर्णायक रहेको छ।
राष्ट्रिय युवा संघ बाजुराको अग्रसरता:
ब्लड बैंकको स्थापना कुनै संयोगिक घटना होइन। राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले विगत कैयौं वर्षदेखि जिल्ला अस्पतालसँग सहकार्य गर्दै रक्तदान अभियान, रगत अभाव हुँदा तत्काल रगतको व्यवस्था, तथा आम जनचेतना अभियान सञ्चालन गर्दै आएको छ। विशेषतः सुत्केरी महिलाहरू र आकस्मिक अवस्था भएका बिरामीहरूका लागि राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले बारम्बार स्वयंसंलग्नता देखाउँदै आएको इतिहास छ।
प्रत्येक पटक जब जिल्ला अस्पतालमा रगतको आवश्यकता पर्थ्यो, राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीका कार्यकर्ताहरूले तुरुन्तै स्वयंसेवकहरूको समन्वय, रक्तदान कार्यक्रमको आयोजना, र रगतको सुरक्षित आपूर्ति सुनिश्चित गर्दै आएका छ । राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले केवल आपत्कालीन अवस्थामात्र होइन, दीर्घकालीन समाधानका लागि पनि आवाज उठाउँदै आएको थियो। आज यही निरन्तरता, प्रतिबद्धता ले बाजुरा जिल्ला सदरमुकाममा ब्लड बैंक स्थापना गर्न सफल भए

का छौ । हाम्रो संगठनको उत्तरदायित्व बोधका साथ परिणामस्वरूप आज ब्लड बैंक स्थापना सम्भव भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले ब्लड बैंक स्थापनाको माग गर्दै विभिन्न चरणमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी बाजुरा र सम्बन्धित सरोकारवालासँग बारम्बार छलफल गर्दै दबाब सिर्जना गर्दै आएको थियौं। जिल्ला अस्पताल बाजुरा का डा. चन्द्रशेखर यादवज्यूको प्राविधिक संयोजन, नेपाल रेडक्रस बाजुरा र राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले नेतृत्वको एकताबद्ध प्रयासले आजको सफलतासम्मको यात्रा सम्भव बनाएको छ ।
समारोह र भविष्यतर्फको आशा:
उद्घाटन समारोहमा मन्त्रीज्यूले जिल्ला अस्पतालका अन्य संरचनाहरूको निरीक्षण गर्दै ब्लड बैंकलाई आगामी दिनमा अझ प्रविधिमैत्री, सशक्त र पहुँचयोग्य बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेर बजेट विस्तार गरी दिनु होला । बाजुरा जिल्लाप्रति बजेट विनियोजनमा देखिएको सौतेनी व्यवहार अन्त्य गरिदिनु होला र आगामी नीति तथा योजना तर्जुमा गर्दा जिल्लाको आवश्यकता र प्राथमिकतालाई मुख्य मापदण्ड बनाउन वजेट विनियोजन गरिदिनु होला ।
बाजुरा जिल्ला का आमनागरिक, स्वास्थ्यकर्मी, र ब्लड बैंकको उद्घाटनलाई “जीवनरक्षक पूर्वाधार”को थालनीका रूपमा हुनेछ । यसले विशेषगरी सुत्केरी महिलाहरू, बच्चा सुत्केरी सेवामा संलग्न स्वास्थ्यकर्मी, र आकस्मिक सेवामा संलग्न चिकित्सकहरूलाई राहत दिने छ।
ब्लड बैंकको उद्घाटन केवल एक भवन वा उपकरणको स्थापना नभई एक अभियान, एक सङ्घर्ष र एक दूरदर्शी सोचको परिणाम हुनेछ । राष्ट्रिय युवा संघ नेपाल, बाजुरा जिल्ला कमिटीले देखाएको नेतृत्व, जनउत्तरदायित्व र नागरिक स्वास्थ्यप्रति समर्पणले बाजुरा जिल्लालाई स्वास्थ्य सेवाको पहुँचमा एक कदम अगाडि सारेको छ।
यो उपलब्धि केवल आजको होइन—भोलिको पुस्तालाई समेत सुरक्षित र सम्मानित जीवनतर्फ डोर्याउने प्रतिबद्धताको मूर्त रूप हो । यसलाई निरन्तर दिइयोस् ।बीच बीच मा विग्रियो भनेर बाजुराका जनता ले ब्लड मा दुःख झेल्न नपरोस। यसलाई नेपाल रेडक्रस बाजुराले निरन्तरता दियोस् ।
