• होमपेज
  • समाचार
  • अछामकाे साँफे बजारमा आगलागी १० पसल जले

अछामकाे साँफे बजारमा आगलागी १० पसल जले

  • शनिबार, बैशाख १३, २०८२
अछामकाे साँफे बजारमा आगलागी  १० पसल जले

अछाम– अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागी हुँदा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह फैलिँदा ठूलो क्षति भएको हो।

विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्। आगलागी पश्चात् स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर वारूणयन्त्र (दमकल)को अभावले आगो नियन्त्रणमा ढिलाई भएको बताइएको छ।

हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। पश्चिम रैवारबाट

चर्चामा

सम्बन्धित समाचार