शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुरा जिल्ला अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

बाजुरा जिल्ला अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

सामाजिक विकास मन्त्री खड्काद्वारा उद्घाटन

  • शुक्रबार, बैशाख १२, २०८२
बाजुरा जिल्ला अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

बाजुरा—जिल्ला अस्पताल बाजुरामा आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोग तथा समन्वयमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

शुक्रवार जिल्ला अस्पतालमा एक औपचारिक कार्यक्रमकाविच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सो सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

जिल्लामा रगत संकलन केन्द्र नहुँदा यहाँका दुर्गम गाउँमा रगत नपाएरै छट्पटिएकी गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्यकर्मी, स्थानीय, सुरक्षाकर्मी लगायतले नै रगत दिएर बचाउने गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना भएसँगै सहज रुपमा रगत उपलब्ध हुने अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले यसअघि सहज रुपमा रगत उपलब्ध नहुँदा सुत्केरी लगायतका बिरामीहरुलाई समस्या हुने गरेको भन्दै अब अस्पतालमै रक्त सञ्चार सेवा सुचारु भएपछि सहज हुने विश्वास व्यक्त गरे ।

आकस्मिक रक्त सञ्चार सेवा केन्द्र उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेशसभा सदस्य जुना दानि, अस्पताल प्रमुख डाक्टर चन्द्रशेखर यादव, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, रेडक्रस सोसाइटी सभापति मेखराज जोशी, सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार