शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • जनक शिक्षाको धनगढी शाखाले १५ करोडको किताब बेच्यो

जनक शिक्षाको धनगढी शाखाले १५ करोडको किताब बेच्यो

  • बुधबार, बैशाख ३, २०८२
जनक शिक्षाको धनगढी शाखाले १५ करोडको किताब बेच्यो

धनगढी —जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले रु १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो ।

गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।प्रदेशमा चालु शैक्षिकसत्र २०८२ मा रु २५ करोड बराबरका १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

उहाँका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पाठ्यपुस्तक विक्री वितरण भएको छ ।

केन्द्रले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो ।

त्यसैगरी, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री वितरण भएको उनले जानकारी दिए । प्रदेशका सात पहाडी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पाठ्यपुस्तक गइरहेको बताए ।

केन्द्रले गत शैक्षिकसत्र २०८१ मा रु २२ करोड ५७ लाख बराबरका पाठ्‍यपुस्तक बिक्री गरेको जनाएको छ ।
 रासस

चर्चामा

सम्बन्धित समाचार