शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

  • मङ्लबार, फाल्गुन २७, २०८१
सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

धनगढी — सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।

विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए । शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै उनले नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन् । विपक्षी दलको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार