शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नेविसंघले धनगढीमा लगाएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

नेविसंघले धनगढीमा लगाएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

  • आइतवार, फाल्गुन २५, २०८१
नेविसंघले धनगढीमा लगाएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

धनगढी — धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवा सहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।

आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायत देखिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार