शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण

  • शुक्रबार, फाल्गुन २३, २०८१
जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण

जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्गा नभएको थाहा भएको थियो ।

बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९एनएएनएच कलसाइन रहेको उक्त जहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो ।

उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुरकै रनवेका झरेको फेला परे छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज ग्राउन्डेड गर्दै अनुसन्धान सुरु गरिएको छ ।

उनले भने, ‘काठमाडौंमा अवतरण भएपछि मात्रै जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा भयो । ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन । अहिले जहाज ग्राउन्डेड गरि अनुसन्धान सुरु भएको छ । अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल जनकपुरमै छुटेको रिपोर्ट आएको हो ।’

चर्चामा

सम्बन्धित समाचार