बाजुरा– नेकपा एमाले बुढीगंगा नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । साेमबार सम्पन्न दोस्रो अधिवेशनबाट राकेश थापाकाे नेतृत्वमा कमिटी चयन भएकाे हाे ।
दोस्रो नगर कमिटीको अधिवेशनको निर्वाचन समितिले थापा अध्यक्ष रहने गरी ३९ सुदस्यीय सर्वसम्मत नगर कमिटी बनाएको निर्वाचन कमिटीका संयोजक हंस बुढथापाले बताएका छन् ।
नगर कमिटीको उपाध्यक्षमा भक्त नेपाली,सचिव सुशिला कुमारी मिजार,उप सचिवमा धीरचन्द्र गिरी र सर्पजित सार्की सहितको नगर कमिटी गठन गरिएको छ ।
नेकपा एमाले बुढीगंगा नगर कमिटीका कार्य बहाक अध्यक्ष हरिकेश नेपालीको अध्यक्षतामा संचालन भएको दोस्रो नगर कमिटीको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादु्र थापाले गरेका थिए । दोस्रो अधिवेशन शनिबारबाट सुरु भएको हो ।