
धनगढी— सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसँग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सभा सदस्य देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबिच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका छन्। मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामीबिच भेटघाट भएको थियो। देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन्।
