बाजुरा– जिल्लाको मुख्य लाइफलाईनको रुपमा रहेको मार्तडी कोल्टी सडकमा बस सचालनका लागि बुडिनन्दा नगरपालिकाले यातायात प्रा.ली.लाई अनुरोध गरेको छ । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको हस्ताक्षेरीत पत्र मार्फत महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरिएको हो ।
मार्तडी कोल्टी सडक अन्तरगत पाण्डुसैन देखी कोल्टी सम्म सडक सुधार नभएका कारण समस्या हुने यातायात ब्यवासायीहरुले बताएका छन ।
जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेकाे एक महिना बढी भइसकेकाे छ । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा काेल्टि सम्म बस संचालन गर्न मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्बदलिय सर्वपछिय बैठक बसेकाे थियाे ।
बैठकले तत्काल बस संचालन गर्ने निर्णय गरेकाे भए पनि कुनै पहल नभएकाे स्थानियले बताएका छन । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् ।