• होमपेज
  • देश/प्रदेश
  • पुसभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

पुसभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

  • बुधबार, पुस १७, २०८१
सेयर गर्नुहोस् :
पुसभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने भएको छ । यसको काम अन्तिम चरणमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार विगतमा अदालतमा मुद्दा परेकाले समय लागेको थियो ।

‘केन्द्रमा राष्ट्रिय भूमि आयोग बनिसकेको छ । सबै जिल्लामा पुसभित्र बनिसक्छ,’ मन्त्री अधिकारीले भने । आफूले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाइएको उल्लेख गर्दै उनले भने, ‘तर अदालतमा मुद्दा पर्‍यो । मुद्दा फिर्ता लिएर अगाडी बढ्दाबढ्दै चार महिना बित्यो । अब कुनै समस्या छैन ।’

पुसभित्र सबै जिल्लामा आयोग गठन सकेर माघदेखि काम नै सुरु गरिने उनले बताए । बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा गुठी विधेयकबारे छलफल भएको थियो । सो छलफलपछि समितिले सरकारलाई गुठी विधेयक जतिसक्दो चाँडो ल्याउन निर्देशन पनि दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार