शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा साइबर सुरक्षा सम्मेलनकाे आयाेजना गर्दै

कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा साइबर सुरक्षा सम्मेलनकाे आयाेजना गर्दै

  • बिहिबार, पुस ११, २०८१
कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा साइबर सुरक्षा सम्मेलनकाे आयाेजना गर्दै

काठमाडौं– कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा  “साइबर सुरक्षा सम्मेलन २०२५” काे आयाेजना हुने भएकाे छ ।  नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा साे आयोजना हुने भएकाे हाे । आगामी पौष २३ गतेबाट सुरु हुने  कार्यक्रमले साइबर सुरक्षाका क्षेत्रहरूबारे ज्ञान आदान प्रदान गर्ने, नवीनतम प्रविधि र चुनौतीहरूबारे छलफल गर्ने र विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू साथै केन्द्रिय सरकार देखि स्थानीय सरकारलाई एकै ठाउँमा ल्याउने उद्देश्य राखेको समाजका अध्यक्ष कोमल अधिकारीले बताएका छन् ।

कार्यक्रममा विशेषज्ञहरूद्वारा  प्रवेश व्याख्यान  प्रख्यात साइबर सुरक्षा,  प्यानल छलफल कार्यशाला: डिजिटल सुरक्षा उपाय, ह्याकिङको रोकथाम, र व्यावहारिक समाधानमाथि केन्द्रित प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेकाे जनाएकाे छ ।

 कार्यक्रमलाई सफल बनाउन, डिजाइन/सम्पादन टोली, सामाजिक सञ्जाल व्यवस्थापक, कार्यक्रम स्वयंसेवक/सम्भालक, होस्ट, र प्यानल छलफलको संयोजक जस्ता विभिन्न भूमिकाका लागि विद्यार्थीहरू सक्रिय रूपमा संलग्न हुने जनाएकाे छ। कार्यक्रमले साइबर सुरक्षाको महत्त्वमाथि प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित इन्टरनेट अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यसले विद्यार्थीहरूलाई व्यावसायिक व्यक्तिहरूसँग नेटवर्क बनाउन, नयाँ ज्ञान हासिल गर्न, र व्यावहारिक अनुभव जुटाउन सहयोग पुर्‍याउनेछ। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, आईटी व्यवसायिकहरू, साइबर ब्युरोका प्रतिनिधिहरू, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसहित साइबर सुरक्षामा चासो राख्ने सबैलाई सहभागी हुन आमन्त्रित गरिएको छ। कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज प्राङ्गणमा हुने जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार