• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका २ बर्षभित्र धुवारहित पालिका घोषणा गर्ने तयारी

बुढीगंगा नगरपालिका २ बर्षभित्र धुवारहित पालिका घोषणा गर्ने तयारी

  • बुधबार, पुस १०, २०८१
बुढीगंगा नगरपालिका २ बर्षभित्र धुवारहित पालिका घोषणा गर्ने तयारी

 बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका २ बर्षभित्र धुवारहित पालिका घोषणा गर्ने तयारी रहेको छ । बुढीगंगा नगरपालिकाले महिलाको स्वास्थ्यलाई मध्यनजर गरि पालिकालाई सुधारीएको चुलोमार्फत धुवारहित पालिका घोषण गर्ने भएको हो ।
बुढीगंगानगरपालिकामा प्राटिकल एक्शनको आर्थिक सहयोग तथा आस्था नेपालको प्राबिधिक सहयोग तथा समन्वयमा सुधारिएको चुलोको बितरणको काम भईरहेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाले बताएका छन । पालिकामा २ बर्षमा ४ हजार ५सय ५४ घरपरिवारमा धुवारति चुलो पुर्याउने गरेर सहमति भईसकेको नगर प्रमुख बानियाले बताए ।
एक कार्यक्रमका बिच सहमती भईसकेको र वडा न ९ र १० बाट सो कार्यको थालनी भइसकेको नगरप्रमुख बानियाले बताए । महिलालाई भएको कार्यबोझमा कमि ल्यानुका साथै धुँवा धुलोको कारण महिलालाई लाग्ने रोगबाट बचाउने उदेस्यका साथ सो अभियान संचालनमा ल्याइएको नगरप्रमुख बानियाले बताए । महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकालाई २ बर्ष भित्र धुवा रहित पालिका धोषणा गर्ने अभियानमा पालिका लागेको उनले बताए ।
धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग पुर्याउने उदेस्यका साथ प्राथमिकतामा राखेर सुधारिएको चुलो कार्यक्रमलाई अगाडी बढाईएको नगरप्रमुख बानियाले बताए । पालिकालाई धुवाँमुक्त गर्ने अभियानमा यो बर्ष भित्र २ हजार ५ सय परिवाललाई धुवारहित चुलो बितरण गरिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार