बाजुरा– भीरबाट लडेर गम्भीर घाइते भएका बडीमालिका नगरपालिका–९ चौराटाका महावीर चदाँराको उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर ३० गते बडीमालिका नगरपालिका–८ मा रहेको कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा भीरबाट चिप्लिएर करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।
धनगढी स्थित मायामेट्रो अस्पतालबाट पठाएर घर फर्किने क्रममा कैलालीकाे अत्तरियामा मृत्यू भएकाे आफन्तले बताएका छन । जिल्ला अस्पतालमा बाजुरामा उपचार सम्भव नभएपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका लागि रिफर गरिएको भएपनि डाक्टरले उपचार सम्भव नभएको भन्दै फिर्ता गरेको बुझिएको छ ।