बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिकाका पुर्व जनप्रतिनीधीलाइ सम्मान गरेकाे छ । नगरपालिकाकाे बिकाशमा पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै निवर्तमान नगर प्रमुख पदम बडुवाल, पुर्व उपप्रमख कबिता बिष्ट, पुर्व वडाअध्यक्षहरु, पुर्व वडा सदस्य, पुर्व कार्यपालिका सदस्यहरुलाइ एकै साथ सम्मानित गरेको हो । पुर्व जनप्रतिनिधीहरुले पालिकाका बिकासमा जग बिसाउन देखी नगरलाइ लयमा ल्याउन अतुलनिय याेगदान गरेकाे भन्दै नगरपालिकाकाे स्थापना दिवसकाे अवसरमा सम्मान पत्र सहित सम्मान गरेकाे नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए ।
बाजुराको पहिलो नगरपालिकाका रुपमा २०७१ साल मसिर १६ आजकै दिनमा घोषणा भएको बडीमालिका नगरपालिकाले स्थापनाको १० औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा नगरउपप्रमुख नन्दा कुमारी थापा, पूर्व नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, नेकपा एमाले बाजुराका सचिव काँशी विक, काँग्रेसका गोपाल कार्की लगायत रहेका थिए । बडीमालिका नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले संचालन गरेको कार्यक्रम खुलामंचमा आयोजना गरिएको थियो । नगरको १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाले आज पालिकाभित्र सार्वजनिक विदा समेत दिएको थियो ।