मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • २९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : प्रमुख निर्वाचन आयुक्त

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : प्रमुख निर्वाचन आयुक्त

  • आइतवार, मंसिर १६, २०८१
२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : प्रमुख निर्वाचन आयुक्त

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ । चिसोका कारण दोलखा र रुकुमका केही मतदान केन्द्रमा मतदाताहरू ढिलागरीमात्र पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलिपल्ट नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार