बाजुरा– नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटीका अध्यक्ष पशुपति रोकाया नेकपा एमलेमा प्रवेश गरेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार प्रसार अभियानमा व्यस्त रहेको नेकपा एमालेको टोली आज स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्वर ३ मा पुगेको छ ।
पार्टीको प्रचारप्रसार अभियान अन्तरगत गरिएको जनता भेटघाट कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका स्वामिकार्तिक गाउँ कमिटीका अध्यक्ष रोकाया एमालेमा प्रबेश गरेका नेकपा एमाले बाजुराका प्रचार प्रसार विभाग प्रमुख राजन रोकायाले बताएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीबाट एमालेमा प्रवेश भएका रोकायालाई एमालेका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पुर्व नेकपा एमालेमा रहेका रोकाया नेकपा एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएका थिए ।
वडा नम्वर ३ मा आयोजना गरिएको जनता भेटघाट कार्यक्रममा पार्टीका केन्दिय सदस्य बाजुरा इन्चार्ज लाल बहादुर थापा केन्द्रिय सदस्य सहदेव बोगटी सल्लाहकार परिषद् सदस्य रङ्गमान शाहि प्रदेश उपाध्यक्ष कालि ब शाहि पार्टि अध्यक्ष लाल बहादुर ओली प्रदेश सदस्य चतुर्भुज शाही प्रदेश सदस्य युवराज शाही जिल्ला कमिटी उपाध्यक्ष जनक बोहरा सचिवालय सदस्य कमल धराला राजन रोकाया सिता शाही जापना शाही लगाएत जिल्ला कमिटी सदस्यहरु संगै माओवादी पार्टीका जिल्ला सचिव रमेश विक र राजु कुमारी विकको समेत सहभागिता रहेको थियो ।