• होमपेज
  • समाज
  • बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि चार भाइबहिनी बिचल्लीमा

बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि चार भाइबहिनी बिचल्लीमा

बुढी बज्यैको साहारा चार भाइबहिनी

  • सोमवार, मंसिर ३, २०८१
बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि चार भाइबहिनी बिचल्लीमा

टेक बहादुर बुढा– बाजुराको अति दुर्गम हिमाली गाउँपालिका २ रुम्दीमा गाउँमा चार भाइबहिनी बिचल्लीमा परेका छन् । बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि नावालक भाइबहिनी बिचल्लीमा परेका हुन् । बिचल्ली भाइबहिनी बृद्ध ७८ बर्षिय बज्यै डिलकला थापाको साहारामा रहेका छन् । बिचल्लीमा पर्नेमा १३ बर्षकी इस्वरी थापा, ८ बर्षकी जनिशा थापा, ७ बर्षका अन्तिमा थापा र ५ बर्षका बिबेग थापा रहेको स्थानिय मनिजङ्ग बुडथापाले वताएका छन् ।
झग थापाको २०७७ साल कार्तिक ७ गते उपचार हुने नसकेर अकालमै मृत्यु भएको थियो । उनकी श्रीमति शान्ता थापाले २०७८ साउनमा दोस्रो बिहे गरेर गएकी थिइन् । श्रीमानको मृत्यु र श्रीमतिले अर्को बिहे गरेपछि ३ बर्षदेखी चार भाइबहिनी अलपत्र परेका छन् । अलपत्र चार भाइबहिनी उद्धार तथा सहयोगका लागि धेरै ठाउँमा हारगुहार गर्दा पनि कसै बाट सहयोग नपाएको बुढि बज्यै डिलकलाले वताएकी छन् ।
रुम्दी बाजुराको अतिविकट गाउँ हो । यो ठाउँमा राज्य तथा अन्य निकायको पहुँच पनि निकै कमजोर रहेको छ तिन बहिनी स्थानिय बिद्यालयमा अध्यनरत रहेपनि स्कुल ड्रेस, स्टेशनरी बिना बिद्यालय जाने गरेका छन् । इस्वरी कक्षा ६, जनिशा कक्षा ३ र अन्तिमा कक्षा १ मा पढने गरेकी छन् । ५ बर्षका बिबेग थापा भने बिद्यालय नजाने गरेका छन् । लगाउने जुता चप्पल नहुदा उनिहरु खालि खुट्टा बिद्यालय जाने आउने गरेका शिक्षकले वताएका छन् ।
अरुले दिएको फाटो लुगा लगाउने गरेका छन् । बुढि बज्यैका सामाजिक सुरक्षा भत्ता र मागेर चार भाइ बहिनी पालिरहेको बुढि बज्यै डिलकला थापाले रुदै वताईन् । चाडपर्व आएको बेला अरुले नयाँ लुगा लगाएको देख्दा हामीलाइ चाहियो भनेर सताउछन् । चाडपर्व आएमा निको नौलो खान पैसा हुदैन्, अरुको देखेर टुलुटुलु हेर्ने गरेको डिकलाले भनिन् । चाडपर्व पनि किन आउदो हो, अरुले फालेका फाटा लुगा मागेर शरिर ढाक्ने काम गरेको उनले वताईन् ।
सम्पतिका नाममा बस्ने सानो छाप्रो रहेको छ । थोरै पाखो जमिन भएपनि खेति गर्ने कोही नहुदा बाझै रहेको छ । त्यो जमिनमा खेति लगाए एक महिना सम्मलाइ छाक टार्न हुने गरेको थियो, लगाउने कोही नभएपछि बाँझो रहेको स्थानियले वताएका छन् ।
वडाअध्यक्ष रण बहादुर बुढाले रुम्दी गाउँमा चार भाइबहिनी बिचल्लीमा परेको वताए । उनिहरुको उद्धार तथा संरक्षण आबश्यक रहेको तर पालिका तह बाट सम्भब नभएको वताएका छन् । उद्धार तथा संरक्षणका लागि आबश्यक सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार