• होमपेज
  • उप निर्वाचन बिषेश
  • जिसस कैलाली प्रमुखको उपनिर्वाचनमा एमालले कांग्रेसलाई सहयोग गर्ने

जिसस कैलाली प्रमुखको उपनिर्वाचनमा एमालले कांग्रेसलाई सहयोग गर्ने

  • आइतवार, मंसिर २, २०८१
जिसस कैलाली प्रमुखको उपनिर्वाचनमा एमालले कांग्रेसलाई सहयोग गर्ने

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने भएको छ। काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न एमाले र काँग्रेसबिच सहमति भएको हो। नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो।

कांग्रेसले प्रमुखमा टीकाकुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छन्। टिकाकुमारी चाैधरी कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चल्दै आएको छ। जिसस कैलालीको मतभार २६ रहेको छ।

चर्चामा

सम्बन्धित समाचार