• होमपेज
  • उप निर्वाचन बिषेश
  • स्थानीय तह उपनिर्वाचन : स्वामिकार्तिकमा एमाले उम्मेदवार बुढाले गरिन उम्मेद्धारी दर्ता

स्थानीय तह उपनिर्वाचन : स्वामिकार्तिकमा एमाले उम्मेदवार बुढाले गरिन उम्मेद्धारी दर्ता

  • आइतवार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचन : स्वामिकार्तिकमा एमाले उम्मेदवार बुढाले गरिन उम्मेद्धारी दर्ता

बाजुरा– यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता सुरु भएको छ । साेही क्रममा बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकाे उपाअध्यक्ष पदमा एमालेका तर्फबाट सुलाेचना भण्डारी बुढाले पनि उम्मेद्धारी दर्ता गरेकी छन  ।

 आइतबार उनले गाउँपालिकाकाे कार्यालयमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।  सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता सुरु भए स‌गै नेकपा एमालेले पहिलाे उम्मेद्धारी दर्ता गराएकाे छ भने दाेस्राेमा राप्रपाका उम्मेद्धवार सुना देवी थापा भाेटे धामीकाे रहेकाे छ ।

अन्य दलहरुकाे समेत उम्मेद्धारी दिने क्रम जारी रहेकाे जनाएकाे छ । आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार