• होमपेज
  • शिक्षा
  • अनेरास्वियू काठमाण्डाैद्धारा पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण

अनेरास्वियू काठमाण्डाैद्धारा पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण

  • शुक्रबार, कार्तिक २३, २०८१
अनेरास्वियू काठमाण्डाैद्धारा पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण

काठमाडौं– विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्र देखि लागु हुने गरि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ। विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय ९२ बढि विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशक संग अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको हाे ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढि विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानी माथी गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुस्प्रयास गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेकाे छ । विद्यार्थीको भविष्य संग, विवेकसंग,  समय र श्रम संग खेलबाड गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेकाे छ । राज्यकोष दुरुपयोग गरेको र यसमा संलग्न जिम्मेवार, विषय समितीहरु, व्यक्तिहरु तथा संयन्त्रहरुको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको  उल्लेख गरिएकाे छ ।
तत्काल पाठ्यपुस्तकमा भए, गरेका कमि कम्जोरी सच्याउन छानबिन गरि, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएर मात्रै प्रकाशित र वितरण गरिन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ। पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले, यहाका समितिको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको  अनेरास्ववियू काठमाण्डाैले जनाएकाे छ ।

वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हाल सम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भैसकेको जानकार नहुनु, नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको विषय यो पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुखद छ । गलत पुस्तक पढ्नु पनि विषपान सरह हो, दिगोको अर्थ अरूलाई पिडा दिने वा असर पुर्याउने काम हैन! यस प्रकारका थुप्रै त्रुटीहरू छन । यस प्रकारका त्रुटीलाई तत्काल सच्याउन, त्रुटी देखेर पनि अन्देखा नगर्न र पाठ्यक्रम विकास केन्द्रसंग आम बालबालिकाको भविष्य जोडिएको हुँदा बालबालिकाको भविष्यसंग , राज्यको भविष्य संग खेलबाड नगर्न जिम्मेवार , जवाफदेही बन्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठ लाई ध्यानाकर्षण पत्र बुझाएका छौँ ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस संगै आम सर्वसाधारण नागरिकबाट पनि सुझाव संकलन गरि सो सुझावहरु पनि महानिर्देशक लाई बुझाएकाे तिमिल्सेनाले बताए ।

विषय समितिले पेस गरेको पाठ्यसामग्रीको मस्यौदालाई पाठ्यक्रम विकास केन्द्र कै प्रमुख, अध्यक्ष रहेको समन्वय तथा सम्पादन समितिले अध्ययन गर्ने र सुझाव दिने, पाठ्यसामग्री मूल्याङ्कन गर्ने, स्वीकृत गर्ने जिम्मेवारी हुन्छ तर त्रुटिपूर्ण पाठ्यपुस्तक लाखौँ लाख बालबालिकाको हातमा थमाएर गलत कुरालाई पढाउन लगाउनु त भएन नि, शिक्षक विद्यार्थीले पाठ्यपुस्तक माथि गरेको भरोसालाई तोड्नु, लत्याउनु दुखद हो । गम्भीर बन्न महानिर्देशकलाई अनुरोध गरेका छौं साे पत्रमा उल्लेख गरिएकाे छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार