• होमपेज
  • समाचार
  • अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

  • मङ्लबार, कार्तिक २०, २०८१
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ— निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन् । अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन् ।

स्थानीय समयअनुसार मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ । त्यहाँको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन् । निर्वाचन पर्यवेक्षण सकेर यही कात्तिक २४ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे । आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार