बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यी हुन् बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५ नकारात्मक असर

यी हुन् बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५ नकारात्मक असर

  • बिहिबार, कार्तिक १५, २०८१
यी हुन् बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५ नकारात्मक असर

आधुनिक युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । दिनको सुरुवात होस् वा अन्त्य हामी प्रायः मोबाइल मोबाइल फोनको प्रयोगबाटै गर्दछौँ । तर यसरी यसरी एकाबिहानै आँखा मिच्दै मोबाइल खेलाउनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, र थाहा भएपनि नजरअन्दाज गरिरहेका छौँ । बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने बानीले हाम्रो स्वास्थ्य तथा मानसिक असरमा कस्तो कस्तो असर पार्दछ त ?

मानसिक तनाव तथा चिन्तामा वृद्धि

बिहान उठ्दा बित्तिकै जब तपाईं मोबाइल हेर्नुहुन्छ तब तपाईंले प्रायः सोसल मिडिया, इमेल वा अन्य सुचनाहरु पढ्न थाल्नुहुन्छ । ती सूचना तथा समाचारहरुले तपाईंको चिन्ता तथा तनावको स्तर बढाउन सक्दछन्, किनकि सोसल मिडियाको वालमा एकाबिहानै पहिलो नजरमा हामीले के देख्नुपर्छ ? भन्ने कुराको ग्यारेन्टी हुँदैन ।

तपाईंले यस्तो पनि देख्नुपर्ने हुनसक्छ, जसबाट तपाईंको पूरै दिन खराब होस् । यदि तपाईं कुनै नकारात्मक सन्देश वा कामसँग सम्बन्धित इमेल हेर्नुभयो भनेपनि त्यसले तपाईंलाई दिनभर नै दिक्क बनाउन सक्छ । त्यसैले बिहानको समय मानसिक रुपले आनन्ददायक समय बनाउनका लागि बिहानी समयलाई मोबाइल फोनबाट टाढा राख्नुहोस् ।

स्मार्टफोनको निलो प्रकाशको असर

मोबाइल फोनको स्क्रिनबाट निस्किने निलो प्रकाशले तपाईंको आँखामा गहिरो असर पार्दछ । जब तपाईं बिहान उठ्ने बित्तिकै मोबाइल हेर्नुहुन्छ तब तपाईंको आँखा पूर्ण रुपमा आरामको स्थितिमा हुँदैन र स्क्रिनबाट निस्किने निलो प्रकाशले आँखामा सिधा दबाब पार्दछ । यसबाट आँखामा थकान, सुख्खापन तथा धमिलोपनको समस्या बढ्दछ ।

रचनात्मकतामा कमी

बिहानको समयमा हाम्रो मस्तिष्क सबैभन्दा धेरै क्रियाशील तथा रचनात्मक हुन्छ । यदि त्यस्तो रचनात्मक समयलाई तपाईंले मोबाइल खेलाएर खर्चिनुभयो भने तपाईंको मस्तिष्कको रचनात्मकता प्रभावित हुनसक्छ । बिहानको समयमा योग, ध्यान वा कुनै सकारात्मक गतिविधिमा लगाइयो भने मस्तिष्कलाई उर्जा प्राप्त हुन्छ र नयाँ विचार उत्पन्न हुन्छन् ।

मल्टि टास्किङको बानी

बिहान उठ्ने बित्तिकै मोबाइलमा नोटिफिकेसन हेर्ने, इमेल पढ्ने वा सोसल मिडिया स्क्रोल गर्ने काम एक प्रकारले मल्टिटास्किङ अर्थात् एकै पटकमा धेरैवटा काम गर्ने सिलसिलाको सुरुवात हो । यो बानीले तपाईंको मस्तिष्कलाई एकै समयमा कैयन् कार्यहरुमा व्यस्त गरिदिन्छ, जसबाट तपाईंको एकाग्रता कमजोर बन्दछ र तपाईंले कुनैपनि काम पूर्णरुपमा गर्न सक्नुहुन्न ।

एकाग्रतामा कमी

बिहान बिहानै मोबाइलमा जानकारी प्राप्त गर्ने बानीले तपाईंको ध्यान विक्षिप्त हुनसक्छ । यसबाट तपाईंको ध्यान केन्द्रित गर्ने क्षमता अर्थात् एकाग्रताको क्षमतामा गिरावट आउँछ र तपाईंले आफ्ना कामहरुमा पूर्णरुपमा ध्यान दिन सक्नुहुन्न । यसबाट व्यक्तिको उत्पादकत्वमा कमी आउन सक्दछ र दिनभर काममा सुस्त महसुस हुन्छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार