शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • मधेस प्रदेश
  • ८० हजार घूससहित सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत पक्राउ

८० हजार घूससहित सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत पक्राउ

  • शुक्रबार, कार्तिक ९, २०८१
८० हजार घूससहित सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत पक्राउ

बारा— सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका हुन् । सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आयोगको कार्यालय, हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमका अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो । उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार