• होमपेज
  • बाजुरा बिशेष
  • आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

  • शनिबार, अशोज २६, २०८१
आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइ हर्षोल्लासका साथ विजया दशमी मनाइँदै छ।दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताए। यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन्। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।

चर्चामा

सम्बन्धित समाचार