• होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकामबाट लागु औषध चरेश सहित एक महिला पक्राउ

बाजुरा सदरमुकामबाट लागु औषध चरेश सहित एक महिला पक्राउ

  • आइतवार, अशोज १३, २०८१
बाजुरा सदरमुकामबाट लागु औषध चरेश सहित एक महिला पक्राउ

बाजुरा–  जिल्लाको बडीमालिका नगरपालिका–८ मार्तडीको गौडाबाट लागु औषध चरेश सहित एक महिला प्रहरीले शनिबार  बेलुकी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौमुल गाउँपालिका घर भई हाल मार्तडीमा बसोबास गर्दै आएकी ३७ वर्षीया मागी धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार  घर भित्र लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५८ दशमलव २ ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हो ।
लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद सहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार