शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा असिना प्रभावितलाई राहत बितरण

बुढिनन्दा नगरपालिकाद्धारा असिना प्रभावितलाई राहत बितरण

  • शुक्रबार, अशोज ११, २०८१
बुढिनन्दा नगरपालिकाद्धारा असिना प्रभावितलाई राहत बितरण

बाजुरा–  बुढिनन्दा नगरपालिका वडा नम्बर ४ का असिना पानीबाट प्रभावित घरपरिवारलाई बुढिनन्दा नगरपालिकाद्धारा राहत बितरण गरिएको छ ।असिना पानीबाट प्रभावित भएका ढाडाकोटका करिब ११९ घरपरिवार  किसानहरुलाई  प्रती घर ५० केजीका दरले खाद्यान्न चामल बितरण गरिएको हाे ।

  २०८१ बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षती गरेको थियो। पाकेको गहुँ ,जौ,घर तथा फलफूल खेतीमा गत बैशाख २५ गते असिना पानिले असर गरे पछि स्थानीय चिन्तिति बनेका थिए ।

असिना पानीबाट प्रभावित किसानहरुलाई थोरै भएता पनि राहत मिलोस् भन्ने उदश्येका साथ उक्त राहत बितरण गरिएको  नगरपालिकाले जनाएकाे छ । गएको बैशाख महिनामा परेको बेमौसमी वर्षा संगैको असिना पानीले ढाडाकोटका स्थानीयको बाली नालीमा ठुलो असर पुगेको थियो।

चर्चामा

सम्बन्धित समाचार