• होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स खरिद,सेवा प्रदान गर्न सजिलाे हुने

बाजुराको बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स खरिद,सेवा प्रदान गर्न सजिलाे हुने

  • शनिबार, साउन १९, २०८१
बाजुराको बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स खरिद,सेवा प्रदान गर्न सजिलाे हुने

बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिकाले नगरवासीलाइ एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । नगरवासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।
नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । जनताको सेवाका संगै महामारी,गर्भवती महिला लगायत आपद विपद्का लागि भन्दै एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराले बताए । नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिकाबाट स्विकृती गराएर नगरबासीको सेवामा लाग्ने नगर प्रमुख बोहराको भनाई रहेको छ ।
नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्य सहित खरिद गरीसकेको र केही दिनबाट नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गर्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले सम्पुणर् नगरवासी र विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई स्वाथ्य सेवा लिनमा सहजता हुने प्रमुख प्रख प्रशासकिय अधिकृत शाहको भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार