• होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

  • मङ्लबार, साउन १, २०८१
राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार