शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट निर्वाचित सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

बाजुराबाट निर्वाचित सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

  • सोमवार, असार ३१, २०८१
बाजुराबाट निर्वाचित  सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

बाजुरा– बाजुराबाट निर्वाचित प्रतिनिधी सभा सदस्य बद्रि प्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समाल्ने भएका छन ।  एमाले अध्यक्ष  केपी शर्मा ओलीकाे नेतृत्वमा बनेकाे सरकारमा पाण्डे काग्रेसबाट मन्त्रीका लागि सिफारिस भएका हुन ।  प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार