शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबाट निर्वाचित सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

बाजुराबाट निर्वाचित सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

  • सोमवार, असार ३१, २०८१
सेयर गर्नुहोस् :
बाजुराबाट निर्वाचित  सांसद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा

बाजुरा– बाजुराबाट निर्वाचित प्रतिनिधी सभा सदस्य बद्रि प्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समाल्ने भएका छन ।  एमाले अध्यक्ष  केपी शर्मा ओलीकाे नेतृत्वमा बनेकाे सरकारमा पाण्डे काग्रेसबाट मन्त्रीका लागि सिफारिस भएका हुन ।  प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार