• होमपेज
  • समाज
  • अवैध लागूऔषध सहित ४ जना पक्राउ

अवैध लागूऔषध सहित ४ जना पक्राउ

  • आइतवार, असार २३, २०८१
अवैध लागूऔषध सहित ४ जना पक्राउ

काठमाडौं– कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ खप्तड छान्ना गाउँपालिका-३ घर भएका २८ वर्षीय सुजल खड्का, कञ्चनपुर भिमदत्त नगरपालिका-१५ बस्ने २७ वर्षीय प्रकाश भण्डारी र सोही नगरपालिका-६ बस्ने २९ वर्षीय गणेश बिक रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले सुजलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित रूपन्देही सिद्धार्थ नगरपालिका-८ बस्ने २६ वर्षीय राजेश शाहलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको लु.७० प ८२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार शाहलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार