• होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहले गर्याे बजेट ५२ करोड २१ लाख बिनियाेजन

खप्तड छेडेदहले गर्याे बजेट ५२ करोड २१ लाख बिनियाेजन

  • मङ्लबार, असार ११, २०८१
खप्तड छेडेदहले गर्याे  बजेट ५२ करोड २१ लाख बिनियाेजन

टेक बहादुर बुढा– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि ५२ करोड २१ लाख बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँपालिकाकाे १५ औं  गाउँसभा तथा बजेट अधिवेशनबाट उपाध्यक्ष बिशुदेवि नाथले आगामी आर्थिक बर्षका लागि ५२ करोड २१ लाख ७७ हजार ८ सय २८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ काे अनुमानित बजेट ५० करोड ५९ लाख ३२ हजार ८ सय ३१ रुपैयाँ प्रस्ताव गरेको थियो । प्रस्तावित बजेटको वास्तविक आय ४१ करोड २ लाख ८१ हजार ५ सय ८४ रुपैयाँ मध्ये गाउँपालिकाले हालसम्म ३३ करोड ६ हजार ९ सय ६१ रुपैयाँ अर्थात चालुगत ७१ दशमलव ७ प्रतिशत र पुजीगत गरेर कुल ६५ दशमलव २२ प्रतिशत बजेट खर्च भएको गाउँपालिका उपाध्यक्ष नाथले बताएकी छन् ।

गाउँपालिकाले आगामी आर्थिक बर्षकाे प्रस्तावित बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष नाथले बताइन् । बजेट अधिवेशनबाट कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्चका लागि ९ करोड १६ लाख ८७ हजार, शिक्षा युवा तथा खेलकुद २ करोड, स्वास्थ्य सेवा ९० लाख, क्रमागत योजनातर्फ २ करोड, कृषि विकासतर्फ ३० लाख बजेट अनुमान गरेको छ ।

त्यस्तै सुशासन तथा संस्थागत विकासमा ४५ लाख, पशु सेवा शाखा १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन १० लाख, पूर्वाधार विकासमा ४ करोड ७३ लाख, सामाजिक विकास १ करोड, आर्थिक विकास तर्फ १ करोड बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताए । त्यस्तै गाउँपालिकाकाे १५ औं गाउँसभाबाट आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार