• होमपेज
  • देश
  • बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु, ६ जना घाइते

बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु, ६ जना घाइते

  • आइतवार, असार ९, २०८१
बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु, ६ जना घाइते

सुर्खेत— भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् ।

कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो ।

माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए ।

घाइतेको उद्धार भइसकेको उपाध्यक्ष सिंहले जानकारी दिए । रासस

चर्चामा

सम्बन्धित समाचार