• होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह २ मा सञ्चालित योजनाको समयमै निर्माण कार्य सम्पन्न

खप्तड छेडेदह २ मा सञ्चालित योजनाको समयमै निर्माण कार्य सम्पन्न

  • शनिबार, असार ८, २०८१
खप्तड छेडेदह २ मा सञ्चालित योजनाको समयमै निर्माण कार्य सम्पन्न

टेक बहादुर बुढा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ मा सञ्चालित योजनाहरु समयमै निर्माण कार्य सम्पन्न भएका छन् । चालु आर्थिक बर्षमा पालिका तथा वडाबाट सञ्चालित योजनाहरु समयमै निर्माण कार्य सम्पन्न भएका छन् । वडाका विभिन्न टोलहरुमा सञ्चालित योजनाहरु निर्माण भएर पालिका तथा वडाबाट अनुगमन गरेर धेरै जसो योजनाहरुको भुक्तानी समेत भइसकेको वडा अध्यक्ष भक्त बुढाले बताएका छन् ।

No description available.

वडाबाट सञ्चालित साविकको जयबागेश्वरी गाविस वडा नम्बर ८ मा डेढ लाखको लागतमा सार्वजनिक शौचालय, वडा नम्बर ९ मा तीन लाखमा आरबिटी ट्यांकी, धारा निर्माण, वडा नम्बर ७ मा तीन लाखमा टंकी धारा, वडा नम्बर ६ को मष्टेश्वरी आविमा एक लाख ३० हजारमा वाल निर्माण, दुई लाख लागतमा सिचाई नहर निर्माण, मष्टमाण्डु मन्दिरमा डेढ लाखमा खानेपानी र शौचालय निर्माण भएको छ ।

No description available.
त्यस्तै साविकको वडा नम्बर ५ मा दुई लाख ५० हजारमा सिचाई कुलो र एक लाखमा गोरेटो बाटो,वडा नम्बर ३ र ४ को मालिका माविमा पालिकाको सहयोगमा दुई कोठे पक्की भवन, ८६ लाख बढीको लागतमा प्रशासकिय वडा कार्यालयको भवन, वडाबाट तीन लाखमा नहर, दुई लाखमा बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको जनाएको छ ।

No description available.

त्यसै गरि साविकको वडा नम्बर १ मा डेढ लाखमा मन्दीर भगवती घेरवाड, दुई लाखमा शौचालय, पालिकाबाट चार लाखमा खानेपानी र सिचाई कुलो निर्माणाधिन अवस्थामा रहेका छन भने वडा नम्बर १ मा डेढ लाखमा खानेपानी र दुई लाखको लागतमा सिचाई कुलो निर्माण गरिएको छ । योजना अनुगमनका क्रममा सञ्चालित योजनाहरु प्रभावकारी र समयमै निर्माण कार्य सम्पन्न भएको पाइएको छ । वडामा प्रदेशबाट सञ्चालित माटेसाँघुको देवस्थली माविको पक्की भवन, सिचाई नहर लगायतका योजना निर्माणाधिन अवस्थामा रहेको छन् ।

No description available.

खप्तड छेडेदह गाउँपालिकाका ७ वटा वडाहरु मध्ये वडा नम्बर २ ले समयमै निर्माण कार्य सम्पन्न गरेर भूक्तानी भइसकेको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताए । वडामा विभिन्न योजनाहरु धमाधम निर्माण भएपनि सबैको सहभागिता र समान पहुँचका आधारमा छनोट हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

No description available.

योजना अनु्गमनका क्रममा बडिमालिका खबरसँग संक्षिप्तमा कुरा गर्दै वडा अध्यक्ष भक्त बुढाले आफू निर्वाचित भएर आएको दुई बर्षमा साचे भन्दा पनि बढी विकास भएको बताएका छन् । अशिक्षाका कारण जनताले दिगो विकास भन्दा पनि विकासको भाग खोज्ने प्रवृति रहेको भन्दै वडा अध्यक्ष बुढाले सबैलाई आवश्यकता अनुसार समान रुपमा योजना दिइरहेको बताए । दुई बर्षमा भएको विकासमा आफू सन्तुष्ट भएको र आगामी दिनमा वडाको विकास र परिवर्तनका लागि प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार