• होमपेज
  • बुढीगंगा
  • बुढीगंगाले गर्यो निति तथा कार्यक्रमको सार्वजनीकिकरण

बुढीगंगाले गर्यो निति तथा कार्यक्रमको सार्वजनीकिकरण

  • बिहिबार, असार ६, २०८१
बुढीगंगाले गर्यो निति तथा कार्यक्रमको सार्वजनीकिकरण

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरेको छ । नगरपालिकाले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गरेका काम र आगामी आर्थिक वर्ष २०८१/८२ मा गर्ने निति तथा कार्यक्रमहरुको सार्वजनिकिकरण गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले संचालन गरेको कार्यक्रममा नगरप्रमुख रामबहादुर बानियाँले निति तथा कार्यक्रम प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य नगर उपप्रमुख माया खड्का कुँवरले गरेकी थिईन । नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत सहभागि भएका थिए ।

निति तथा कार्यक्रम हेर्न तलकाे लिकंमा किलिक गर्नुहाेला

२०८१.८२-को-नीति-तथा-कार्यक्रम

चर्चामा

सम्बन्धित समाचार