मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

  • मङ्लबार, चैत्र २०, २०८०
कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ । सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेले गर्ने सहमति जुटेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । सहमति अनुसार कर्णालीसहित गण्डकी र कोशीको नेतृत्व एमालेले गर्ने भएको छ ।

सहमति लगत्तै प्रचण्डले प्रदेश इन्चार्ज कालिबहादुर मल्ललाई टेलिफोन गरी कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन निर्देशन दिएका छन् । इन्चार्ज मल्लले पार्टी अध्यक्षले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेलाई दिन निर्देशन दिएकाे बताए । उनले भने, ‘केन्द्रमा निर्णय भएर हामीलाई सर्कुलर आइसकेको छ । निर्णय मान्छौं ।’

माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादीका नेताहरुले पनि कर्णालीमा माओवादीकै मुख्यमन्त्रीले निरन्तरता पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको थिए ।

कर्णाली प्रदेश सभामा ४० सांसद रहेका छन् । जहाँ सरकार निमार्णका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा माओवादीका १३ जना सांसद छन्, भने एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छ । यता कांग्रेससँग १५ र राप्रपासँग एक जना सांसद रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार