सोमवार, असार १५, २०८३
  • होमपेज
  • समाज
  • प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि विमानस्थल बन्द

प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि विमानस्थल बन्द

  • आइतवार, माघ ७, २०८०
सेयर गर्नुहोस् :
प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि विमानस्थल बन्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छन् । कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ ।

दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ । भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडान/अवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ । कार्यालयले “नोटाम” जारी गरी यसबारे जानकारी गराउने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार