शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

  • शनिबार, मंसिर १६, २०८०
सेयर गर्नुहोस् :
रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

बुटवल— रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार