• होमपेज
  • समाचार
  • जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

  • शनिबार, कार्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट–जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ । भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले जानकारी दिए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।

चर्चामा

सम्बन्धित समाचार