• होमपेज
  • देश
  • सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • शनिबार, अशोज २०, २०८०
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ — सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार