• होमपेज
  • देश
  • सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

  • आइतवार, अशोज ७, २०८०
सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले सिआइबिलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुन्। उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पु¥याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे। उनले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने बताए।

उनले भने, ‘सिआइबिलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराईमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु। बरु अनुरोध नै गरेको छु। कतिपय कस्तो हुँदो रहेछ भने यताबाट देख्दाखेरी राजनीतिक तवरबाट पनि कमजोरी गरियो कि भनेजस्तो लाग्छ।

हामीलाई के लाग्छ भने कतिपय त प्रधानमन्त्रीले बाहिरै भनिदिनु भयो, होइन राजनीतिक नेतृत्वलाई फसाउन खोजेको त होइन यत्रो आउँदाखेरी पनि नगर्ने प्रहरी प्रशासन भनेजस्तो कुरो पनि यहाँ चर्चा चल्यो। दृढतापूर्वक हामीले भनेका छौँ तपाईहरु जहाँसम्म जानुपर्छ जानुस्। तथ्य, प्रमाणले जे देख्नुहुन्छ त्यहाँसम्म जानुस् भनेका छौैँ। अहिलेपनि हामी त्यसमा दृढ छौँ। सिआबिले अनुसन्धान खुला पनि राखेको छ।

कतिपय हामीलाई पनि अलि पहिले नै स्टेप चालेको भए हुन्थ्यो भन्ने हामी राजनीतिक नेतृत्वलाई लाग्दालाग्दै पनि सिआइबिले आफ्नो प्रक्रिया अन्तर्गत अगाडी बढाउने सन्दर्भमा व्यवसायिक रुपमा केही कुरा भनिराखेको छ। त्यो आफ्नो ठाउँमा छ। तर म दृढतापूर्वक भन्न चाहन्छु, सिआइबि वा कुनैपनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन।

बरु तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्न अगाडी बढाउ भनेर हामीले कडा निर्देशन दिएका छौँ। त्यसै अनुसार घटनाक्रम अगाडी बढ्छ आइन्दा पनि।’

चर्चामा

सम्बन्धित समाचार