धनगढी — कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७३ हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भन्सार छलीका चिनी, साडी, पास्ता, चप्पल, साईकलको टायर, काजु, लगायतका सामानहरु शनिबार बरामद गरिएको हो।
प्रहरी गस्ती टोलीले ती सामान वेवारिसे अवस्थामा फेला पारेर कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको छ।